शिरजरामा विकास र सुवासको सहकार्य

काठमाडौं । नेपाल, अमेरिका र पोल्याण्डको संयुक्त निर्माणमा फिल्म ‘शिरजरा–सङ् अफ ग्राण्डमदर’ बन्ने भएको छ । फिल्म निर्माणमा नेपालको किङ्गडम नेटवर्क, अमेरिकाको फ्याक्चर एलएलसी र पोल्याण्डको फिक्जा फिल्मस्ले सहकार्य गर्ने भएका हुन् ।

विकास सुबेदीको लेखन तथा निर्देशन रहने फिल्ममा नेपालबाट सुवास भुषालको लगानी हुनेछ । फिल्मको कार्यकारी निर्मातामा क्रिस बेरुटी (अमेरिका) रहेका छन् भने पोल्याण्डमा पोष्ट–प्रोडक्सनको काम हुने जनाइएको छ ।

मेटा–मोर्डन फिलोसोफिकल ड्रामा जनारामा निर्माण हुने जनाइए पनि फिल्मको कथा खुलाइएको छैन । हाल प्रि–प्रोडक्सनको चरणमा रहेको फिल्मको छायाँकन फेब्रुअरी २०२६ देखी शुरु हुनेछ । फिल्मका कलाकार तथा प्राबिधिक केही दिनमा सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।