काठमाडौं । गायिका बेनुका राईको स्वरमा फिल्म ‘मिरमिरे’को एक गीत रेकर्ड गरिएको छ । फिल्ममा मुख्य भूमिकामा अभिनेता दयाहाङ राई छन् । बेनुका र दयाहाङ श्रीमान श्रीमति हुन् । बुवा र छोरीको भावनात्मक सम्बन्ध रहेको फिल्मको नयाँ रेकर्ड गरिएको गीतले फिल्मको कथा बोल्ने निर्माण पक्षको दाबी छ ।
गीतमा हर्क साउदको शब्द र मनोज थापा मगरको संगीत छ । यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्ममा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।
फिल्ममा लेखन तथा निर्देशन यम शेर्पाको छ । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको फिल्मका सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । यो फिल्मको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका फिल्म वितरक रोहित कट्टेल रहेका छन् ।






