जयरामको सांगीतिक गराैं योग

काठमाडौँ । गायक जयराम घिमिरेको शब्द तथा स्वरमा ‘गरौँ योग’ बोलको योग अभ्याससम्बन्धी गीत सार्वजनिक भएको छ । शारीरिक रूपमा स्वस्थ एवं मानसिक रूपमा आनन्द प्राप्तिका लागि योग नै उच्चतम उपाय हो भन्ने कुरा गीतमा छ ।

गीतमा योगले शरीर, मन र आत्मलाई एकाकार बनाई मन, शान्त र स्थिर रहन मद्दत गर्ने भएकाले योग निरन्तर अभ्यासले शारीरिक, मानसिक र आध्यात्मिक व्यक्तित्व विकास हुन्छ भन्ने जस्ता कुरा प्रष्ट्याइएको छ ।

गीतमा गायक घिमिरेलाई रेणुका खतिवडाले साथ दिएकी छिन्। सुफिक्स मदनको सङ्गीत तथा एरेन्ज रहेको गीतलाई गोविन्द सोनीले मिक्सिङ तथा मास्टरिङ गरेका छन् । गीतको ग्राफिक्स डिजाइन सविन नेपालीको रहेको छ ।