काठमाडौं । गत पौष ४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘झरीपछिको इन्द्रेणी’ नयाँ गीत ‘धन्य धन्य लोकेश्वर’ सार्वजनिक भएको छ । शुक्रबारबाट दोस्रो सातामा प्रदर्शरत फिल्मको यो गीतमा नेवारी गायक रोजमान महर्जनको स्वर छ ।
आध्यात्मिक भाव समेटिएको शुक्रबार सार्वजनिक भजन गीतमा गायक रोजमान महर्जनसहित महिला स्वर रत्न शोभा महर्जन र दीपा महर्जनको तथा संगीत संयोजन सुरेन्द्र श्रेष्ठको छ ।
अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी) लगायतको अभिनय छ । फिल्मबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गरेका छन् । फिल्ममा बाल कलाकारमा दिप्सन चिलवालको पनि अभिनयछ ।







