काठमाडौं । अभिनेता तथा माेडल आकाश श्रेष्ठ एक बेनामे फिल्ममार्फत कमब्याक गर्ने भएका छन् । उनी निर्देशक रूपेश तामाङकाे एक्सन फ्लेभरकाे फिल्ममार्फत लामाे समयपछि कमब्याक गर्न लागेका हुन् ।
निर्देशक तामाङले यसअघि नायक श्रेष्ठले ‘जय शम्भु र दान्भी’ जस्ता एक्सन फिल्मकाे निर्देशन गरेका थिए । माघे संक्रान्तीको अवसर पारेर आज आकाश र निर्माणपक्षबिच संझौता भएको छ । फिल्मलाई पूर्ण रुपमा एक्सन जनरामा बनाउने र आकाशलाई यसअघि नदेखिएको अवतारमा देखाउने तयारी रुपेशको छ ।
आकाश पनि यो फिल्मलाई लिएर निकै उत्साहित देखिएका छन् । आकाशले दर्शकको प्रतिक्षा विशेष हुने तर्क गरे ।
यो फिल्मको कथा सुमन गजमेरले तयार पारेका हुन् । फिल्मको छायांकन फागुनको अन्तिमबाट सुरु गर्ने तयारी रुपेशको छ ।
फिल्मको नाम, अन्य कलाकार र प्राविधिकहरुको बारेमा जानकारी एकपछि अर्को रुपमा गराउँदै लैजाने निर्माणपक्षले बताएको छ । जुना फिल्मस्को ब्यानरमा यो फिल्म निर्माण हुनेछ ।







