आ बाट आमा गीतमा परदेशिए पल

काठमाडौं । यहि माघ १६ गतेबाट रिलिज हुने फिल्म ‘आ बाट आमा’को गीत ‘जाँदैछु नौ डाँडा काटेर’ सार्वजनिक भएको छ । गीतमा परदेशिएको छोराको पीडालाई देखाइएको छ । गीतको भिडियोमा पल शाह, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्तलगायतका कलाकारलाई देख्न सकिन्छ । यो गीतमा किरण परियारको स्वर, अभि सुनारले शब्द र संगीत तथा विशाल निरौलाको एरेन्ज छ ।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको अभिनय छ।

चन्द्र पन्तको निर्देशन रहेको यस फिल्मको कथा तथा पटकथामा उनी स्वयले लेखेका हुन्। फिल्ममा संगीत कोशिस क्षेत्री,बाबुल गिरी र थानेश्वर गौतमको छ। गायनमा रबि ओड,किरण परियार र नेपाली भर्सनमा यमन श्रेष्ठको स्वर सुन्न सकिन्छ। भिडियोमा कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाको छ। नवराज उप्रेतीको डिओपी रहेको यस फिल्ममा अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्।

फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन् । यो फिल्मलाई नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्सले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटलको छ।