११ लाख बढीले हेरे परिवर्तन ट्रेलर

काठमाडौं । फिल्म ‘परिवर्तन’को ट्रेलर ११ लाख बढी दर्शकले हेरेका छन्। गत सोमबार रिलिज भएको यो फिल्मको ट्रेलरलाई ११ लाख २० हजारभन्दा बढि पटक हेरिएको छ। ट्रेलरमा १६ हजारले लाइक गरेका छन् ।

अधिकांशले फिल्मको ट्रेलरलाई मन पराएको प्रतिक्रिया दिएका छन्। कमेन्टकर्ता पल साउदले फिल्मका अभिनेता सुशील श्रेष्ठको एक्सन मन परेको प्रतिक्रिया दिएका छन्। उनी लेख्छन्,‘सुशील श्रेष्ठको फ्यानहरु को–को हुनुहुन्छ हाजिर हुनु त। मुभि सुपरहिट हुन्छ।’उनको यो भनाईलाई थप चार जनाले कमेन्ट गरेका छन् भने २ सय ३१ जनाले लाइक गरेका छन्।

अर्को कमेन्टकर्ता सरोज तिमिल्सेनाले फिल्मको डाइलक मन परेको उल्लेख गरेका छन्। उनी लेख्छन्,‘क–कसले हेर्दै हुनुहुन्छ हाजिर हुन तरुजय परिवर्तनरु ‘पारसलाई मन परे दरबार,मन नपरे तलवार’आगो’। उनको यो भनाईलाई १ सय १८ जनाले लाइक गरेका छन् भने एक जनाले प्रतिक्रिया जनाएका छन्।

दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘परिवर्तन’ मा सुशील र अञ्जना अलावा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त ढाथोकी र सुवास मेचे को मुख्य भूमिका रहेको छ। एक्सन–सस्पेन्स विधा मा निर्माण गरिएको यस फिल्ममा दीपक शिवाकोटीको कथा तथा निर्माण रहेको छ। साथै फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन्।

बन्दे प्रसादको सम्पादन,रामजी लामिछानेको कोरियोग्राफी रहेको यस फिल्ममा एसडी योगीको संगीत, श्री श्रेष्ठको द्धन्द्ध निर्देशन दर्शकले हेर्न पाउने छन्। फिल्म यही माघ ९ गतेबाट अल नेपाल प्रदर्शनमा आउदैछ। फिल्मलाई आर आर फिल्मस्ले वितरण गरेको हो भने ओएसआर डिजिटलले सहकार्य गरेको छ।