काठमाडौं । कलाकार तथा निर्माता दीपकराज गिरी सामाजिक सञ्जालमा सक्रिय रहने सेलिब्रेटीमा गनिन्छन् । आफ्नो विधा, राजनीति र सामाजिक विषयमा उनी चोटिलो व्यंग्य गरिरहन्छन् । देश यतिबेला चुनावी माहोलमा छ । मंगलबार देशभरबाट प्रत्यक्ष उम्मेद्वारी दर्ता भएसँगै मुलुक चुनावमा होमिएको छ । उम्मेद्वारहरुले आफूलाई जिताउन भोट माग्न थालिसकेका छन् ।
दीपकराज पनि आफूलाई भोट माग्न उम्मेद्वार आउँछन् भन्नेमा ढुक्क छन् । त्यही भएर उनले फेसबुकमा स्टाटस लेखेरै प्रत्यक्ष कसैलाई भोट नमाग्ने वचन दिएका छन् । उनले लेखेका छन्, ‘चुनाव आयो , आफ्ना साथीहरू हरेक पार्टी बाट उठेका छन् र इनबक्समा सहयोगको अनुरोध आउला सबैलाइ एकमुष्ट शुभकामना दिएँ है ! परिवर्तनको पक्षमा छु तर प्रत्यक्ष कसैलाइ भोट माग्ने काम गर्दिन !!!’
दीपकको यो लेखाईले पनि उनी बैलैमा सचेत भएको बुझ्न सकिन्छ । सचेत पनि किन नहुन्, उम्मेद्वार धेरै भएपछि भोट माग्नेको संख्या पनि उत्तिकै बढी नै हुन्छ ।







