काठमाडौं । सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘सिन्दुरे जात्रा’मा विजय बराल र अञ्जना बराइली अनुबन्ध भएका छन् । सरस्वती पूजाको अवसर पारेर निर्माणपक्षले शुक्रबार मुख्य दुई कलाकार अनुबन्ध गरेको हो ।
नेपाली फिल्मको इतिहासमा सर्वकालिन ५० करोड कमाईको रेकर्ड राखेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको निर्देशन रहने फिल्म ‘सिन्दुरे जात्रा’मा सोही फिल्मका प्रमुख दुई कलाकार विजय र अञ्जना अनुबन्ध भएका हुन् ।
निर्देशक पौडेलले अन्य कलाकार विस्तारै अनुबन्ध गर्दै जाने बताए । ‘सिन्दुरे जात्रामा अब हामी चरित्र सुहाउँदो कलाकार अनुबन्ध गराउँदै जानेछौँ,’ उनले भने, ‘अबको केही समयमा हामी कलाकार फाइनल गरेर अरु काम सुरु गर्नेछौँ ।’
सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्ममा कथा पनि निर्देशक पौडेल स्वयंको छ । आरआर फिल्मसले वितरण गर्ने फिल्मको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ ।







