काठमाडौं । यहि आउदो ६ फ़्रेबुअरि अर्थात् शुक्रवार सांगितिक प्रस्तुतिका लागि बलिउड गायक साहिद मालया नेपाल आउने भएका छन् । साहिदलाई एलएण्डएन एजेन्सीले नेपालमा ल्याउन लागेको हो । एजेन्सीका प्रबन्ध निर्देशक नितिन कायस्थले भ्यालेण्टाइन महिनालाई मध्यनजर गर्दै लाईभ सांगीतिक प्रस्तुतिका लागि साहिद नेपाल आउन लागेको बताए ।
उनले साहिदको कार्यक्रम प्रतिक्षित हुने दाबी गरे । ‘समकालीन बीटहरूसँग परम्परागत भारतीय ध्वनिहरू फ्यूजन गर्ने साहिदको शैलीले एउटा भव्य कार्यक्रम हुने विश्वास छ’, उनले भने । एजेन्सीले प्रतिभाशाली बलिउड संगीतकार, गायक र र्यापर तेरा भाइ जेडबी, बम्बे वाइकिंग्स र विनीत सिंह र र्यापर मेल्लोव डि लाई नेपाली दर्शकहरूमाझ प्रस्तुत गरिसकेको छ ।
साहिदका ‘कुडमाहि के दिन आगये’, रब्बा मैन तोह मार गया होइ, ‘एक कुदी’, ‘दो धारी तलवार’, ‘बिखारने का मुझ्को शौक है बडा संगै हालेइ’, नेपाली फिल्म ‘१२ गाउ’मा ‘तिम्रो प्रेम कहानीको पात्र हुन मन छ’लगायतका गीत छन् । उनी ठमेलस्थित एक्सो क्लबमा सुनिनेछन् ।







