काठमाडौं । शुक्रबारबाट प्रदर्शन हुने फिल्म ‘द ब्लू लाइट’ले प्रदर्शनको पूर्वसन्ध्यामा नयाँ गीत ‘दुई अक्षरको माया’ सार्वजनिक गरेको छ । गीतमा प्रवेश राईको स्वर, डीपी खनालको शब्द र एसडी योगीको संगीत रहेको छ । गीतमा प्रेम र सम्बन्धको कथा छ ।
गीतको भिडियोमा फिल्ममा दुई मुख्य कलाकार अपर्ण थापा र बेनिशा हमालको अभिनय छ । उनीहरूबीचको प्रेम र सम्बन्धलाई गीतले देखाउने प्रयास गरेको छ ।
फिल्मको प्रि–बुकिङ खुला भएको छ । देशभरका प्रमुख मल्टिप्लेक्सहरूमा एडभान्स् बुकिङ खुल्ला गरिएको चलचित्रको सन्तोषजनक शो पाएको छ ।
फिल्ममा बेनिशा र अर्पणसँगै श्रृष्टि श्रेष्ठ, आयुशमान देशराज जोशी, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् । फिल्ममा बलिराम चौहानले निर्देशन छ ।







