लालिमालाई ६० बढी शो

काठमाडौं । भोलिबाट प्रदर्शनमा आउने फिल्म ‘लालिमा’को टिकट बुकिङ खुलेको छ । देशभरका हलहरूले बिहीबारदेखि बुकिङ खुलाएका हुन् ।

यस फिल्मले प्रदर्शनको पहिलो दिन शुक्रबारका लागि देशभरबाट ६० भन्दा बढी शो पाएको छ । चुनावपछि प्रदर्शनमा आउन लागेको यो पहिलो फिल्म हो ।

वास्तविक यौनकर्मीहरू समस्या, पीडा र मानसिकताको घटनामा बनेको यस फिल्ममा नायिका रोशनी कार्की शीर्ष भूमिकामा छिन् । फिल्ममा जीवन भट्टराई, उषा रजक, शिशिर वाङदेल, सुष्मा निरौला, घनश्याम जोशी र सबिन कट्टेललगायतको पनि अभिनय रहेको छ ।

फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालले फिल्म वितरणको जिम्मेवारी लिएको छ ।