काठमाडौं । गायक नरेश खड्का र गायिका बबिना किरातीको स्वरमा नयाँ गीत ‘राम कसम’ सार्वजनिक गरिएको छ । डान्सिङ गीतमा एलोन एक्सको शब्द छ भने आकाश मगरको संगीत रहेको छ । साथै साउण्ड डिजाइनको काम पनि आकाशले नै गरेका हुन् ।
गीतको भिडियोमा पल शाह र नारायणी खत्रीको अभिनय छ । भिडियोको कथा र कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् भने भिडियोमा नवराज उप्रेतीको छायांकन छ । भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका छन् ।
यसैगीत मार्फत गायनमा प्रवेश गरेका गायक नरेश सुर्खेत स्थायी घर भएका स्वास्थ्यकर्मी हुन् । उनी बेनिघाट रोराङ गाउँपालिकामा हेल्थ असिस्टेन्टको रुपमा कार्यरत छन् । गायक नरेशले यो गीतको अडियो साउण्ड भारतमा तयार भएको बताए ।




