काठमाडौं । गायक जयराम घिमिरेको स्वरमा रहेको गीत ‘मायाको पोको’ सार्वजनिक भएको छ । घिमिरेकै शब्दमा तयार भएको गीतमा गायक घिमिरेलाई गंगा सोनाम र रेनुका खतिवडाले साथ दिएका छन् ।
गीतको लय तथा एरेन्ज सुफिक्स मदनको रहेको छ भने मिक्सिङ तथा मास्टरिङ गोविन्द सोनीले गरेका छन् । उमेश कार्की युके निर्देशित गीतमा दीपेन्द्र सोनाम, विनिता खड्कालगायतको अभिनय रहेको छ ।
रोशन धितालको सम्पादन तथा कलरिङ रहेको गीतलाई जयराम घिमिरे युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । मुख्यतया गीत प्रेम र धोकाको वरिपरि घुमे पनि गीतले माया गर्ने प्रेमिको भित्री अन्तरआत्माको कथा उजागर गर्ने गायक घिमिरेले बताए ।




