आज–१८ चैत्र २०८२ बुधवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
भविष्यको लागि विशेष कामको जग बसाउने अवसर मिल्नेछ। कला र साहित्यको क्षेत्रमा रुचि बढ्नेछ। परिवारको साथ सहयोग मिल्नाले मनोबलमा वृद्धि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कार्यक्षेत्रमा कामको चापबाट फुर्सद पाइनेछ। आफ्नो योग्यतामा विश्वास राखेर निर्णय लिनुहोस् सफलता मिल्नेछ। स्वास्थ्य कमजोर रहनाले काम गर्नमा समय लाग्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साहसिक कार्य गर्ने समय रहेको छ। कार्यक्षेत्रमा नयाँ अवसरले पछ्याउनेछ। पारिवारिक विवादास्पद विषयहरूको समाधान हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमा उत्साह र कार्यक्षेत्रमा लगनशीलताले विपरीत समयलाई पनि आफ्नो अनुकूल बनाउन सकिनेछ। दैनिकी खर्चमा वृद्धि हुनेछ। विद्यार्थीहरूले उपलब्धि हासिल गर्नेछन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समाजमा मान प्रतिष्ठा बढ्नेछ। सरकारी क्षेत्रमा पदोन्नतिका योग छन्। प्रतिक्षित इच्छा र आकांक्षाको पूर्ति हुनेछ। बौद्धिक क्षेत्रमा उन्नति हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कार्यक्षेत्रमा जुठो आरोप लाग्न सक्छ सचेत रहनुहोस्। अनावश्यक खर्चका योग छन्। राजनीतिक क्षेत्रमा लाभ रहनेछ। परिश्रम देखेर आफन्तहरूले पनि साथ दिनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्यक्षेत्रमा बोलिको माध्यमले कार्य सिद्ध हुनेछ। पिताको सहयोगले रोकिएको काम बन्नेछ। शेयर बजारबाट लाभ आर्जन गर्न सकिएला। स्वास्थ्यमा सुधार आउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धैर्य र पराक्रमले आँटेको कार्यसम्पादन हुनेछ। शुभचिन्तकहरूको साथ पाइनेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
व्यापार व्यवसायमा लगानी बढ्नेछ। पुराना मित्रहरूसँग भेटघाटले रमाइलो समय व्यतीत हुनेछ। अधुरा काम बन्नेछन्। प्रेम सम्बन्ध सुमधुर हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आध्यात्मिक क्षेत्रमा प्रगति हुनेछ। लगनशीलताले प्रतिद्वन्दीहरू आफै किनारा लाग्नेछन्। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ खानपिनमा ध्यान दिनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
दाम्पत्य जीवन सुमधुर रहनेछ। साझेदारी व्यापारमा लाभ रहनेछ। यात्रा लाभदायी रहनेछ। सकारात्मक सोचले काममा सफलता ल्याउनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
कृषि वा पशुपालन सम्बन्धी कामबाट लाभ आर्जन गर्न सकिएला। कार्यक्षेत्रमा उच्च अधिकारीहरूको समर्थन पाइनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।