लालीबजारको मै राम्री छु त नि

काठमाडौं । आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’को तेस्रो गीत ‘मै राम्री छु त नि’ को सानो अंश सार्वजनिक भएको छ । निर्माण कम्पनी षट्कोण आर्ट्सकै युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा दीपिका बयम्बू मगरको स्वर तथा प्रकाश सपुतको शब्द र संगीत छ । गीतमा रन्जिता विश्वकर्मा, बिन्दु बिसी, सुनिता सुनार, मनोज बिक र गोविन्द अनेकको कोरस भोकल छ ।

गीतको भिडियोमा स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, मुकुन्द श्रेष्ठ, जानकी कडायत लगायतको अभिनय छ । गीतका कोरियोग्राफर प्रदीप लामा हुन् । गीतमा नारी सुन्दरताको बयान गरिएको छ । गीतको केन्द्रमा स्वस्तिमा छिन् ।

फिल्मका कथाकार तथा निर्देशक यम थापा हुन् । निर्देशक थापाले ‘रज्जा रानी’, ‘हुर्रे’, ‘मेरी मामु’ जस्ता विषयप्रधान फिल्मको निर्देशन गरिसकेका छन् भने ‘कोहिनूर’, ‘अञ्जिला’, ‘परान’ लगायतका फिल्मको पटकथामा काम गरिसकेका छन् ।

बर्दियाको राजापुरमा छायांकन गरिएको उक्त फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी लगायतको अभिनय रहेको छ ।