सानु बनिन् ब्युटिसियन नेपाल-२०२६

काठमाडौं। काठमाडौं सामाखुशीकी सानु थापाले सौन्दर्यकर्मीहरुको सौन्दर्य प्रतियोगीता ब्युटिसियन नेपाल-२०२६ को ताज पहिरिन सफल भएकी छन्।
गत आइतबार राजधानीको ज्यापु एकेडेमीमा भएको प्रतियोगीतामा उनले ताजसँगै नेफा अवार्ड २०२६ लण्डनकाे लागि इन्ट्री प्याकेज समेत प्राप्त गरेकी छन्।

हिमालयन मुभिजद्वारा आयोजित प्रतियोगिताको फस्ट रनरअप अन्जली गोले र सेकेण्ड रनरअप सरिता श्रेष्ठ भए।
कार्यक्रममा स्टेजमै वेस्ट ब्राइडल छानिएको थियो। जसको विजेता रञ्जना राणा हुन सफल भइन्। त्यस्तै गरी वेस्ट मोडल मेकअप विजेता विभु श्रेष्ठ, वेस्ट नेल आर्ट सम्झना ढकाल, वेस्ट जुरो शोभा श्रेष्ठले जित्न सफल भए।

कार्यक्रमको सवटाइटल विजेताहरुमा मोस्टइन्टिलिजेन्ट सानु थापा, मोस्ट कन्फिडेन्ट अन्जली गोले, मोस्ट चार्मिङ रोजी भ्लोन, वेस्ट पर्सनालिटी रञ्जना राना, मोस्ट स्मार्ट सरिता श्रेष्ठ, मोस्ट डेडिकेटेड ज्ञानु गुरुङ, मोस्ट डिलीजेन्ट जुना थापा मगर एवं मोस्ट ग्रेसफुल निर्मला रम्तेल तथा मोस्ट प्यासोनेट हिरा थापा हुन सफल भएका थिए।

साथै पब्लिक भिडियो च्वाइसमा अन्जली गोले, वेस्ट मल्टिमिडिया शोभा श्रेष्ठ र मोस्ट पपुलर अन्जली गोले बन्न सफल भए।

ब्युटिसियन नेपाल कार्यक्रमको उक्त बाह्रौं संस्करणमा पेशागत सीपका साथै ब्युटिसियनहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

सुरुमा ब्राइडल थिममा र विविध दुलहीको भेषमा स्टेजमा निस्किएका ब्युटिसियनहरु परिचयात्मक चरणपछि ब्युटिसियन नेपालको थिम सङमा अब्बल सावित गर्दै स्टेजमा आफूलाई उतारेका थिए।

निकै राम्रो प्रस्तुतीकरण गरेका ब्युटिसियनहरुलाई यहाँसम्म ल्याउन सिनियर फेसन कोरियोग्राफर हिमानी सुब्बाले जिम्मेवारी सम्हालेकी थिइन्।

प्रतियोगिताको निर्णायक मण्डलमा नायिका तथा मोडल शुष्मा अधिकारी, मिसेस हिमालयन नेपाल-२०२४ एवं सौन्दर्यकर्मी कविता बिशुंखे,डरम्याटोलोजिस्ट डा. मुना विस्ट, मोडल अभिषेक खड्का, मोडल तथा अभिनेता दिक्पाल कार्की रहेका थिए।