महाराजधिराजमा जोडिए सुशील

काठमाडौं । फिल्म ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्ध भएका छन् । निर्माण टिमले शुक्रबार सुशीललाई अनुबन्ध गराएको हो ।

सुशीललाई मुख्यमध्ये एक भूमिकामा फिल्ममा देख्न सकिने निर्माण टिमले जानकारी दिएको छ । फिल्ममा यसअघि पुष्प खड्का र पूजा शर्मा अनुबन्ध भइसकेका छन् ।

परिच्छेद सेनको निर्देशनमा निर्माण हुने फिल्ममा सुशील, पुष्प र पूजासँगै केकी अधिकारी, हेमन्त बुढाथोकी, नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेललगायत कालाकार छन् ।

निर्देशक सेनको ड्रिम प्रोजेक्ट रहेको फिल्ममा ८० जना अन्य कलाकार रहनेछन् । फिल्मका प्रस्तुतकर्ता विराज विष्ट हुन् । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा निर्देशक सेन स्वयंको लेखन रहेको छ ।

फिल्मका निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट हुन् । फिल्म आगामी फूलपातीमा प्रदर्शन हुनेछ ।