यी हुन् १७ औं डी सिने अवार्ड विजेता

काठमाडौं । छाँयाछवी क्रियशनको आयोजनामा निरन्तर आयोजना हुदै आइरहेको डी सिने अवार्डको १७औं संस्करण सम्पन्न भएको छ । चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा निर्देशक ज्ञानेन्द्र देउजा र अभिनेत्री निरुता सिंह सम्मानित हुँदा रेखा फिल्म्स छाँयाछवी चलचित्र पत्रकारिता पुरस्कारबाट रंग पत्रकार सचित खड्का पुरस्कृत भए ।

कार्यक्रममा हाँस्य कलाकार गोपाल ढकाल छन्दे, अभिनेत्री तेजुला खतिवडा, कलाकार गीता नेपाल, गायिका मिना नेपाली सम्मानित भइन् भने कार्यक्रममा व्यवसायी एवं समाजसेवी विश्वराम माकजु सम्मानित भए ।

कार्यक्रममा सेलेक्सन कमिटि जुरी पत्रकार नुमाकान्त पौडैल, निर्देशक अमर वली एवं संयोजकका रुपमा निर्देशक कमल एक्चै मगर सम्मानित भए ।

२०८१ मा रिलिज भएका फिल्महरुमा आधारित १७औं संस्करणको डी सिने अवार्डमा उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड क्रमशः पुर्ण बहादुरको सारङ्गीका लागि विजय बराल एवं बेहुली फ्रम मेघौलीका लागि स्वस्तिमा खड्काले पाउँदा उत्कृष्ट चलचित्र अञ्जली र निर्देशक मिलन चाम्स घोषित भए ।

यी हुन् विजेता
उत्कृष्ट चलचित्रः
अञ्जीला–मुन लभ इन्टरटेनमेन्ट प्रा. लि

उत्कृष्ट निर्देशकः
मिलन चाम्स–अञ्जीला

उत्कृष्ट अभिनेताः
विजय बराल–पूर्ण बहादुरको सारङ्गी

उत्कृष्ट अभिनेत्रीः
स्वास्तिमा खड्का–बेहुली फ्रम मेघौली

उत्कृष्ट सह अभिनेताः
जीतु नेपाल–कार्साङ

उत्कृष्ट सह–अभिनेत्रीः
ऋचा घिमिरे–तेलभिसा

उत्कृष्ट चरित्र अभिनयः
राजबल्लभ कोइराला–एक्टर टेक वान

उत्कृष्ट नवनिर्देशकः
चन्द्र पन्त–ह्रस्व दीर्घ

उत्कृष्ट लेखनः
लक्ष्मण सुवेदी–सतिदेवी

उत्कृष्ट छायांकारः
पुरुषोत्तम प्रधान–पिताम्बर

उत्कृष्ट सम्पादकः
वन्दे प्रसाद–पिताम्बर

उत्कृष्ट गीतकारः
सुरेन्द्र राना–रुकुम मैकोट–खुश्मा

उत्कृष्ट संगीतकारः
अर्जुन पोखरेल–कसम बत्तिको–ज्वाइँ साब

उत्कृष्ट गायकः
सविन सुवेदी–बिहे भाको छैन–छक्का पञ्जा ५

उत्कृष्ट गायिकाः
बेनीशा पौडेल–बिहे भाको छैन–छक्का पञ्जा ५

उत्कृष्ट द्वन्द्व निर्देशकः
अष्ट महर्जन–एक्टर टेक वान

उत्कृष्ट नृत्य निर्देशकः
रामजी लामीछाने–जुनिजुनि भरिलाई–दुखी आत्मा

उत्कृष्ट जुरी अवार्डः
कृषा चौलागाई–पिताम्बर

उत्कृष्ट डायोस्पोरा चलचित्रः
शंकर घिमिरे–तेलभिसा