अश्विनीलाई एक्सेलेन्स इन ब्युटी पेजेन्ट कोरियोग्राफी अवार्ड

काठमाडौं । कोरियोग्राफर अश्विनी झाले राजधानीमा भएको ‘ग्लोबल स्टार अवार्ड–२०२६’ मा ‘एक्सेलेंस इन ब्युटी पेजेन्ट कोरियोग्राफी अवार्ड’ जितेका छन्। राजधानीको होटल मर्क्युरमा भएको अवार्डमा कोरियोग्राफर अश्विनीले वर्षको उत्कृष्ट पेजेन्ट कोरियोग्राफर विधामा सर्वोत्कृष्ट पेजेन्ट कोरियोग्राफरको अवार्ड पाएका हुन् ।

अवार्ड प्राप्त गरेपछि झाले आफूलाई आजसम्म सहयोग गर्ने सम्पूर्ण टिमका सदस्य, आयोजक तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट काम गर्ने प्रतिबद्धता जनाएका छन्।

विगत लामो समयदेखि ब्युटी पेजेन्ट तथा फेसन क्षेत्रमा सक्रिय कोरियोग्राफर अश्विनीले तीन सयभन्दा बढी सोहरूको कोरियोग्राफी गर्नुका साथै अनेकौ राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड्स तथा सम्मानहरु प्राप्त गरिसकेका छन्।

अवार्डमा कलाकार पल शाहले ‘स्टार अफ द डिकेड’, गायक यम बरालले ‘लेगेसी अचिभमेंट अवार्ड’ मोडल उषा उप्रेतीले ‘एक्सेलेंस इन म्युजिक भिडियो मोडलिङ्ग अवार्ड’ अम्बिका तामाङ्गले ‘राईजिङ्ग स्टार मोडलिङ्ग अवार्ड’, देवेन्द्र पाण्डेले ‘एक्सेलेंस इन म्युजिक भिडियो डाईरेक्टर अवार्ड’, अलिश खनालले ‘राईजिङ्ग स्टार म्युजिक भिडियो डाईरेक्टर अवार्ड’ जिते ।

त्यस्तै दिपा शाहीले ‘इन्नोभेटिभ ब्यूटी एक्सपर्ट अवार्ड’, सुष्मा घिसिङ्ग तामाङ्गले ‘क्रिएटिभ फेशन डिजाईनर अवार्ड’, श्रिनी धाख्वाले ‘इन्नोभेटीव फेशन डिजाईनर अवार्ड’, रोजिना योन्जनले ‘इमरजींग फेशन डिजाईनर अवार्ड’, सरिता तामाङ्गले ‘एक्सेलेंस इन फेशन मोडलिङ्ग अवार्ड’, सपना जनकले ‘ुस्टाइलीस मोडल अवार्ड’, राधाकृष्ण बसौलाले ‘क्रिटिक्स चोइस मोडल अवार्ड’ र इभेन्ट भोटिंग कम्पनी अभेंटोजले ‘अवार्ड अफ एक्सेलेंस इन इभेन्ट भोटिंग’ जितेका छन्।

कार्यक्रममा आ–आफ्नो क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरुलाई पनि विभिन्न सम्मानद्वारा सम्मानित गरिएको थियो।