काठमाडौं । राजबहादुर सानेको निर्देशनमा निर्माण भएको फिल्म ‘लज्जावती’को इन्डक्ल्याप गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । गत साता धर्मस्थलीस्थित एक घरमा सुटिङ गर्दै ४५ दिनमा फिल्मको इन्डक्ल्याप गरिएको हो ।
यो फिल्म आगामी साउन २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको छ । आहा फिल्मस्को व्यानरमा सौरभ वली प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया हुन् । दिनेश राज बुढाथोकी कार्यकारी निर्माता रहेको फिल्ममा दिव्यराज सुवेदीको छायांकन छ ।
फिल्ममा मुकुन भुषाल, श्री कृष्ण निरौला, मेनुका माझी, जानुका विश्वकर्मा, केशव रिजाल, धिरेन शाक्य, प्रिया रिजाल, हिउवाला गौतम, रामहरी खड्का, बिनोद श्रेष्ठ, दिपक थापा, काजल भुजेल लगायतका कलाकारको अभिनय रहेको छ ।
तारा थापा ‘किम्भे’को सम्पादन रहेको सिनेमामा देव महर्जनको द्वन्द्व निर्देशन छ । यो फिल्म देशव्यापी कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।





