काठमाडौँ । गायक सुरेश कालिकोटे र गायिका सदीक्षा कट्टेलको स्वर रहेको गीत ‘ऐना फुटेको’को सार्वजनिक भएको छ । गीतकार डीपी खनालको शब्द र संगीतकार शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतमा विषम आचार्यको एरेन्ज छ ।
प्रेम, बिछोड र भावनात्मक अनुभूतिलाई केन्द्रमा राखेर तयार गरिएको गीतको म्युजिक भिडियोमा अभिनेता आर्यन सिग्देल र मोडल जुना सुन्दासको अभिनय छ ।
बिभोर पोखरेलको निर्देशनमा बनेको भिडियोमा मिलन शंकरको सिनेमाटोग्राफी, पुरन श्रेष्ठको कोरियोग्राफी र दिन्सन शाहको सम्पादन रहेको छ ।
भिडियोलाई गायक सुरेश कालिकोटेको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।




