काठमाडौं । निर्देशक तथा कथाकार माओत्से गुरुङ निर्देशकीय फिल्म ‘पेन्सन पट्टा’को अष्ट्रेलिया र न्यूजिल्याण्ड अधिकार बिक्री भएको छ । यसअघि नै बेलायत र हङकङको प्रदर्शन अधिकार भइसकेको अवस्थामा अष्ट्रेलिया र न्युजिल्यान्डको प्रदर्शन अधिकार दिब्याक इभेन्ट्सले खरिद गरेको हो ।
माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मले नेपाली समाज, परिवार, सम्बन्ध र मानवीय संवेदनालाई केन्द्रमा राखेको छ । फिल्ममा दयाहाङ राई, सुनिल थापा, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, पुष्कर गुरुङ, सोल गुरुङ, सूरज तमु, राजु थापा काउँचा, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधरलगायतका कलाकारको अभिनय छ ।
फिल्ममा छायांकन सुशन प्रजापति, सम्पादन केर डी. कोइच लिनुच, कलरिस्ट राजेन्द्र मोक्तान, साउण्ड डिजाइन उत्तम न्यौपाने, सिंक साउण्ड नवीन श्रेष्ठ, भिएफएक्स मनोज श्रेष्ठ र कला निर्देशन राजु याक्चाले गरेका छन् । डि.बी. गुरुङ प्रोडक्सन म्यानेजर रहेको फिल्ममा हर्क साउद, शिव बराइली र सूरज तमुका गीत तथा मनोज थापा मगर, शिव बराइलीर सूरज तमुको संगीत छ ।




