काठमाडौँ । निर्देशक विनयराज पौडेलको डेब्यु निर्देशन रहेको फिल्म ‘अक्षरा’ को तिज गीत ‘नाँचौं न बरि लै’ को छायांकन गरिएको छ । काठमाडौंको गोकर्णस्थित उत्तरबाहिनी मन्दिरमा सोमबार गीतको छायांकन गरिएको हो । छायांकनकै लागि मन्दिरलाई आकर्षक रूपमा सजाइएको थियो ।
गीतमा समीक्षा अधिकारीको स्वर, कर्णराज गिरीको संगीत र सुरेन्द्र राणाको शब्द छ । स्टुडियो तासमा रेकर्ड गरिएको गीतमा विजेश्वर राज तण्डुकारको एरेन्ज मिक्सिङ मास्टरिङ छ । गीतमा चलचित्रका प्रमुख कलाकार रिस्ता बस्नेत, न्यान्सी खड्का र सुशील सिटौलाको अभिनय छ। उनीहरूलाई कोरियोग्राफर रामजी लामिछानेले नचाएका छन् ।
क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण भएको फिल्म भदौ २६ गते रिलिज हुँदैछ । यस फिल्ममा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह र सृजना अधिकारीको मुख्य अभिनय छ। फिल्ममा बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गानाको पनि अभिनय छ।
फिल्मका कार्यकारी निर्माता सुरज थापाकाजी हुन् भने निर्मातामा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना रहेका छन्। अभिमन्यु निरवीको पटकथा तथा संवाद रहेको यस फिल्ममा सुरेन्द्र रानाको शब्द र कर्णराज गिरीको संगीत रहनेछ।
फिल्मको छायांकन दिपेन बस्न्यातले गरिरहेका छन् भने कोरियोग्राफी रामजी लामिछाने र द्वन्द्व निर्देशन शंकर महर्जनको रहनेछ। फिल्ममा मदन न्यौपानेको श्रृङ्गार, प्रार्थना भट्टराईको भेषभूषा र सुमन काफ्लेको निर्माण व्यवस्थापन रहेको छ।
राकेश दाहालले पोस्टर डिजाइन गरेको यस फिल्मलाई नेशनल सिने ग्रुप नेपालु मार्फत दीपक दंगालले वितरण गर्नेछन्।




