काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर फिल्म ‘रातो घेरा (द रेड सर्कल)’मा जोडीका रुपमा दर्शकमाझ आउने भएका छन् । विश्राम फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्ममा ‘घरज्वाइँ’ र पछिल्लो रिलिज फिल्म ‘मितज्यू’का निर्देशक अनिल बुढा मगरको निर्देशन हुनेछ । निर्माण टिमका अनुसार फिल्मको कथा सामाजिक र भावनात्मक पक्षमा आधारित हुनेछ ।
यो फिल्मलाई अझ भव्य, कथात्मक रूपमा सशक्त र प्राविधिक रूपमा उच्च स्तरको बनाउन विशेष ध्यान दिइएको छ । साथै अनुभवी कलाकार तथा प्राविधिक टिमको सहभागिताले फिल्मलाई थप प्रभावशाली बनाउने विश्वास गरिएको छ । साथै, फिल्ममा रहने अन्य कलाकार र प्राविधिक टिमको विवरण क्रमशः सार्वजनिक गरिने पनि जनाइएको छ ।
फिल्म काफीया फिल्म्स प्रालिका गोविन्द शाहीले वितरण जिम्मा लिएका छन् ।




