१६ टी रेस्ट्रो एण्ड बारमा प्रियंका र धिरेनको कैची

काठमाडौँ । अभिनेता धिरेज शाक्य तथा अभिनेत्री प्रियंका कार्कीले लाजिम्पाट उत्तरढोकामा सन्चालनमा आएको १६टी रेस्ट्रो एण्ड बारको उद्घाटन गरेका छन् ।

बिहीबार एक कार्यक्रमका बिच औपचारिक रुपमा सुरुवातमा आएको यस रेस्ट्रोको रिबन काट्दै कलाकारद्धय धिरेन र प्रियंकाले शुभकामना दिएका थिए । साथै मिसेस नेपाल वर्ल्ड २०२५ विजेता रक्षा पन्तले पनि संयुक्तरुपमा रिबन काटेकी थिइन् ।

अभिनेता धिरेनले इन्डियन फुडहरुको बिशेषता सहित प्राइभ लोकेसनमा खुलेको भन्दै रेस्ट्रो एण्ड बारलाई शुभकामना दिएका थिए । साथै नायिका प्रियंकाले आफूले जहिले पनि नेपाली ब्यवसायहरुलाई प्रोत्साहन गर्दै आएको बताइन् ।

करिब साढे दुई करोड रुपैयाँको लगानीमा निर्माण गरिएको रेस्ट्रोका सन्चालक राजाराम शर्माले १६टी रेस्ट्रो एण्ड बारमा अन्य रेष्टुरेन्टमा भन्दा फरक स्वादका परिकार पाउनेमा विश्वास दिलाए । शर्माका अनुसार रेष्ट्रोमा नेपाली, भारतीय तथा अन्तर्राष्ट्रिय स्वादका विभिन्न परिकारहरू उपलब्ध हुनेछन्।

त्यसैगरी मिसेस नेपाल वर्ल्ड २०२५ विजेता रक्षा पन्तले पारिवारिक तथा मित्रवत वातावरणका कारण १६टी सबै उमेर समूहका लागि आकर्षक गन्तव्य बन्ने उल्लेख गरिन्।