काठमाडौं । नेपाली फिल्मकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको फिल्म ‘साइनो’को प्रदर्शन मितिमा हेरफेर भएको छ । यसअघि जेठ १० गतेलाई रिलिज मिति तोकिएको फिल्म सरेर साउन २४ गते पुगेको छ ।
निर्देशक रमेश थापाका अनुसार डबिङ, कलरिङ, मिक्सिङलगायतका प्राविधिक काम नसकिएकाले फिल्को प्रदर्शन मिति सरेको हो । चन्द्रविनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाद्धारा निर्देशित फिल्ममा नीता ढुंगाना, मिरुना मगर, राजकुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई लगायतका अन्य कलाकारहरुको अभिनय छ ।
शरण थापा कार्यकारी निर्माता रहेको फिल्ममा रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । फिल्मको एउटा गीत रिलिज भइसकेको छ । फिल्मको अर्को नयाँ गीत चाँडै नै दर्शकमाझ ल्याउने तयारी गरिएको निर्माता भुवन थापा चन्दले बताइन् । फिल्मलाई ब्यांकेटस् इन्टरटेनमेन्टले नेपाल वितरणको जिम्मा लिएको छ ।






