बिहीबार मोफसल र शुक्रबार उपत्यकामा पिँजडा ब्याक अगेन

काठमाडौं । अभिनेता निखिल उप्रेती स्टारर फिल्म ‘पिँजडा ब्याक अगेन’को प्रदर्शन मितिमा फेरबदल भएको छ । आगामी माघ ४ गतेबाट अल नेपाल एकसाथ प्रदर्शनमा आउने भनिए पनि यो मितिमा फिल्म उपत्यका बाहिर र उपत्यकामा माघ ५ गते रिलिज हुनेछ ।

यसअघि चलचित्र निर्माता संघले होल्ड ओभर कायम राख्न प्रदर्शनरत फिल्मलाई कम्तिमा एक हप्ता हलमा अवसर दिने निर्णयसहित अघि ल्याएको मुद्दालाई पछ्याउँदै फिल्म राजधानी आसपासका हलमा शुक्रबार मात्रै रिलिज हुन लागेको हो

निर्देशक हिमाल केसीले माघ ४ गते बिहिबार परेको सोनाम ल्होसारको बिदाको दिन फिल्म रिलिजको घोषणा गरे पनि वितरण कम्पनीहरुसँगको सल्लाहमा फिल्मलाई दुई मितिमा रिलिज गर्ने सहमति भएको बताए ।

श्रीराम बरालको प्रस्तुतीमा तयार भएको फिल्ममा गोविन्द गैरे र रोहित पुरी निर्माता छन् । फिल्मलाई राजधानीमा बिके फिल्मस् र मोफसलमा एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ । निखिलसँगै सारा शिर्पाली, ज्याक श्रेष्ठ, सुन्दर श्रेष्ठ, पुकार भट्टराई, सुस्मिता केसी लगायत लिड रोलमा छन् ।