मिस ईकलेजको पहिलो अडिसन

काठमाडौं । सिजन मिडियाले ९ वर्ष देखि आयोजना गर्दै आएको कलेजमा अध्ययनरत युवतीहरुमा केन्द्रित ‘मिस ईकलेज २०१८’ को आठौं संस्करणको पहिलो छनौट अडिसन शनिवार सम्पन्न भएको छ ।

काठमाडौं ललितपुर र भक्तपुरमा रहेका विभिन्न कलेजमा अध्ययनरत युवतीहरुले अडिसनमा सहभागिता जनाएका थिए । आठौंै चरणको संस्करणको लागि उपत्यकामा रहेका ३० भन्दा बढी विभिन्न कलेजबाट छात्राहरूको आवेदन आएको मिडियाका प्रबन्ध निर्देशक प्रदिपराज वन्तले बताए । हाल पहिलो अडिसनबाट १५ जना प्रतियोगीहरु समावेश गरिने छ भने दोस्रा अडिसनबाट १५ जना छनौट गरी ३० जना प्रतियोगीहरु सहभागी गराइने उनले जनाए ।

पहिलो चरणको छनोटमा अफिसियल कोरीयोग्राफर रोजिन शाक्य र मिस ई–कलेज २०१५ की विजेता नितिका कर्मचार्य निर्णायक थिए । उक्त प्रक्रियाबाट छनौट भएका प्रतियोगीलाई माघ १५ गतेकाट प्रशिक्षण दिइनेछ ।

फाल्गुनको पहिलोे साता हुने फिनालेको विजेताले शीर्ष ताज उपाधिसहित स्कुटर , थाइल्याण्ड टुर र उच्च शिक्षामा छात्रावृत्ति, नेपाल एयर होस्टेज एकाडमीको तर्फबाट एयर होस्टेसको तालिम दिइने छ । फस्ट रनरअप र सेकेन्ड रनरअपले मोबाइल फोन साथै थाइल्याण्ड टुर ,छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न १६ विधामा पनि सव टाइटल प्रदान गरिने छ ।