बटरफ्लाइबाट सन्तुष्ट ओम

काठमाडौं । शुक्रबारबाट दर्शकमाझ आएको फिल्म ‘बटरफ्लाइट’ प्रति दर्शक र समिक्षकबाट पाएको सकारात्मक प्रतिक्रिया प्रति निर्देशक ओमप्रतिक गुरुङल खुशी व्यक्त गरेका छन् । फिल्म हेर्न दर्शकको आगमन बढ्दै गएकाले पनि फिल्मको कलेक्सनमा केही सुधार हुने विश्वास ओमको छ ।

फिल्मका लेखकसमेत रहेका ओमले शनिबार देशैभर फिल्मलाई दर्शकको राम्रो साथ मिलेको बताए । ‘जतिले फिल्म हेर्नुभएको छ । सबैले प्रमुख कलाकार आर्यन अअिधकारी र प्रियंका कार्कीको कामलाई रुचाउनुभएको छ,’ गुरुङले भने, ‘वर्ड अफ माउथ राम्रो छ माघे संक्रान्तीको बिदामा फिल्मप्रति दर्शकको थप साथ बढ्नेछ ।’

फिल्मको दुई दिनको व्यापारिक रिपोर्ट सार्वजनिक नभए पनि रिलिजको दिन ५० प्रतिशत तथा शनिबार ८० प्रतिशत माथि अकुपेन्सी रहेको निर्माण पक्षले जनाएको छ । फिल्मले एकतर्फी प्रेम गर्ने एक युवकले युवतीलाई आफ्नो प्रेम बुझाउन गर्ने त्याग र संघर्षको कथालाई देखाइएको छ ।

फिल्ममा आर्यन अधिकारी, प्रियंका कार्की, अर्पण थापालगायतका कलाकारको अभिनय छ ।फिल्मका कार्यकारी निर्माता रमेश प्रजापति हुन् भने पुष्पाञ्जली अधिकारी ‘सखा’ निर्माता र रामशरण राणा, भुपेन्द्र सुवेदी तथा सरोज शाह सह–निर्माता छन् । फिल्ममा सुरेश वज्राचार्यको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको द्वन्द्व तथा विकास चौधरी र दीपक शर्माको संगीत छ ।