विल्सन भन्दैछन् ‘साली कस्को भेनाको’

काठमाडौं । चितवनका पुराना निर्माता प्रसाद श्रेष्ठले फिल्म ‘साली कस्को भेनाको’ निर्माण गर्ने भएका छन् । भद्र भुजेलले निर्देशन गर्ने फिल्ममा विल्सनविक्रम राई, सुष्मा कार्की,  रवि गिरी मरिष्का पोखरेल, रजनी गुरुङ, प्रिया रिजाल, जयनन्द लामा, कविता आले, पुस्कर गुरुङलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

माघ २ गते चितवनमा शुभ मुर्हत गरेर छायांकन सुरु गरिने फिल्मको छायांकन चितवन र धम्पुसमा गरिने छ । कलाकार पुष्प आचार्यको कथा रहेको फिल्ममा सुरज शाही ठकुरी र मिन घलानको संगीत रहने छ । फिल्मबाट दीपासागरले नायकको रुपमा डेब्यु गर्दैछन् ।

मानविय समवेदना माथि निर्माण गरिन लागिएको फिल्मले मगर जातिको संस्कृतिमा साली र भेनाबिचको सम्बन्धलाई देखाउन खोजिएको छ । दिर्घ गुरुङको छायांकन रहने फिल्ममा बसन्त श्रेष्ठ, गम्भीर बिष्ट र सुमित लामाको नूत्य रहनेछ । फिल्ममा सुनिलकुमार न्यात्स्यो, बिशाल श्रेष्ठ, उमेश अधिकारी र मुक्ति अधिकारीको पनि लगानी रहनेछ । प्रसाद श्रेष्ठले यस अघि ‘कर्जा’, ‘कान्छी’, ‘सन्तान’ जस्ता फिल्म निर्माण गरिसकेका छन् ।