उद्धवको प्रतिमा बनाउँदै एनएफडीसी

काठमाडौं । फिल्मकर्मी उद्धव पौड्यालको पुर्णकदको प्रतिमा निर्माण हुने भएको छ । नेपाल चलचित्र विकास कम्पनी लिमिटेड(एनएफडीसी)को २४ औं बार्षिक साधारणसभाबाट पौड्यालको प्रतिमा निर्माणको प्रस्ताव सर्वसम्वतरुपमा पारित भएको हो ।

नेपाल सरकारबाट विशिष्ट चलचित्रकर्मीद्वारा बिभुषित उद्धव एनएफडिसीका पूर्व अध्यक्षसमेत हुन् । नेपाली फिल्म निर्माण, प्रदर्शन र वितरणसँगै सञ्चार क्षेत्रमा पौड्यालको संलग्नता छ । एनएफडिसीको प्रेक्षालय परिसरका पौड्यालको प्रतिमा निर्माण हुनेछ ।

नेपाल सरकार मातहतको नेपाल चलचित्र विकास बोर्ड स्थापनामा पौड्यालको महत्वपुर्ण भूमिका रहेको छ । गोपीकृष्ण मुभिज, टि.भि.फिल्मी र रेडियो फिल्मी मार्फत फिल्म क्षेत्रको श्रीवृद्धिमा उनी सक्रिय छन् ।

एनएफडिसीले आफ्ना व्यवसायिक रणनीति परिमार्जित गरेको छ । जस अनुरुप हाल एनएफडिसीमा फिल्म छायाँकनका लागि ठूलो स्टुडियो, ग्राफिस र भिएफेक्सका लागि छुट्टै स्टुडियो निर्माण गरेको छ । ३ वटा रेड क्यामेरासहित पोष्ट प्रोड्क्सनका सम्पुर्णका अहिले बालाजुस्थित एनएफडिसीमा भइरहेको छ ।