होलिडेमा गौरव, पवित्रा र बुद्धिको यस्तो रमाइलो

काठमाडौं । प्रदर्शन मिति तय नगरिएको फिल्म ‘होलिडे’का छायांकनका केहि तस्विरहरु सार्वजनिक गरिएको छ । तस्बिरमा फिल्मका प्रमुख तीन पात्र गौरव पहारी, बुद्धि तामाङ र पवित्रा आचार्यलाई रमाइरहेको देख्न सकिन्छ । यूरोपका विभिन्न रमणिय स्थानमा खिचिएको फिल्मको तस्वीर सार्वजनिकसँगै फिलम युनिट प्रचारप्रसारमा जुटेको छ ।

निर्देशक बसन्त निरौला निर्देशित कमेडी ड्रामाको फिल्ममा गौरव पहारी, वुद्दि तामाङ, पवित्रा आचार्य, श्याम श्रेष्ठ, बेनि ढुंगानालगायतका कलाकारको अभिनय छ । फ्रान्स, बेल्जियमलगायतका देशमा खिचिएको फिल्मको युरोप व्यवस्थापन श्याम श्रेष्ठले गरेका थिए ।

बी.एन फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा मन्दिरा श्रेष्ठ, तेजेन्द्र कँडेल, हरि कार्कीको लगानी छ भने दिनेश कालिराज यसका कार्यकारी निर्माता हुन् । फिल्ममा अभिमन्यू निरवीको लेखन तथा यूवराज चौलागाई र अमित श्रेष्ठको संगीत छ ।