सिड्नी देखाइँदै प्रदिप–अश्लेषाको प्रेमगीत २

काठमाडौं । आशुसेन फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म ‘प्रेमगीत २’ अष्ट्रेलियाको सिड्नीमा प्रदर्शन हुने भएको छ । प्रदिप खड्का र अश्लेषा ठकुरीको रोमान्टिक जनराको यो फिल्मलाई कलिउड क्लबले सिड्नीमा देखाउनेछ ।

प्रेमकथाको फिल्म भएकाले आगामी फेब्रुअरी ३ मा सिड्नीको हर्षभिलको सिभिक थियटरमा हुने र बाँकी शोको मिति सार्वजनिक गर्दै जाने कलिउड क्लबका निर्देशक श्यामसुन्दर गिरीले बताए । फिल्ममा रामशरण पाठकको निर्देशन छ भने सन्तोष सेनको लगानी छ ।

नेपाल,थाईल्याण्ड र म्यानमारमा छायांकन गरिएको फिल्ममा प्रदिप र अश्लेषाको अलावा कैलाश कट्वाल, कविता रेग्मी, सन्तोष सेनलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । फिल्ममा समाबेश गीत ‘प्रेम यो कहानी’ र ‘मोटरसाईकलमा’ चर्चित गीत हुन् । फिल्मको सिड्नीको शोका लागि २५ डलर टिकट राखिएको छ ।