यसकारण चैतमा पुग्यो रोमियो एण्ड मुना

काठमाडौं । फागुन ११ गतेलाई रिलिज मिति तोकिएको फिल्म ‘रोमियो एण्ड मुना’को प्रदर्शन मिति परिर्वतन भएको छ । अब फिल्म चैत २ गतेदेखि प्रदर्शनमा आउने निर्माता प्रशन्न गोपालीले बताए । फिल्ममा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको शीर्ष भूमिका छ ।

‘हामीले सोचेको समयमा फिल्मको काम सकिएन । त्यसकारण प्रदर्शन मिति सार्न बाध्य भयौं,’ कस्तो काम ? उनी थप्छन्, भि एफ एक्स र एनिमेशन सोचे जस्तो भएन । त्यसैले समय लिएर नै राम्रो काम निकाल्न फिल्मको प्रदर्शन मिति सार्नु पर्यो । नयाँ मितिमा हामी हलमा दर्शकमाझ आउनेछौं ।’

नरेशकुमार केसीको लेखन तथा निर्देशन रहेको फिल्मको टिजर, पोस्टर र दुई वटा गीत सार्वजनिक भइसकेका छन् । फिल्मलाई प्रशन्न गोपाली, रोजी श्रेष्ठ र कविन शाक्यले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा विनय र सृष्टिसँगै सुस्मा कार्की, प्रज्वल सुजल गिरी, सुरक्षा पन्त लगायत कलाकारहरुको अभिनय रहेको छ ।