करणको फिल्ममा मिस वर्ल्ड मानुषी

मुम्बई(एजेन्सी) । भारतको हरियाणा राज्यकी मानुषी छिल्लरले सन् २०१७ को ‘मिस वर्ल्ड’ को उपाधि जितेपछि बलिउडमा उनको डेब्युको विषयलाई लिएर निकै चर्चापरिचर्चा भयो । पछिल्लो पटक उनी सलमान खानको प्रोडक्सनमा बनिरहेको फिल्मबाट बलिउडमा डेब्यु गर्न लागेको गाइगुइँ हल्ला पनि नचलेको होइन । तर यो हल्ला अब असत्य बनेको छ ।

उनी बलिउडमा डेब्यु गरे पनि सलमानको नभई करण जोहार प्रतिक्षित फिल्म ‘स्टूडेन्ट अफ द ईयर २’मार्पmत अभिनयमा पाइला चाल्दैछिन् । हालै करणले एक अनलाइनसँगको कुराकानीमा यो कुराको खुलासा गरेका हुन् । करणका अनुसार उनको मानुषीसँग ‘मिस इन्डिया’को बेला भएको थियो । यो पछि उनीहरुको भेटघाट ‘फिल्मफेयर ग्ल्यामर एण्ड स्टाइल अवार्ड्स २०१७’मा भएको थियो ।

मानुषीको सुन्दरता र आत्मविश्वासबाट प्रभावित भएका करण मानुषीले पाएको अन्तर्राष्ट्रिय उपलब्धिलाई सही ठाउँमा सदुपयोग गर्न फिल्ममा अभिनय गराउन सफल बने । फिल्ममा उनी दोस्रो नायिका भएको समाचारमा जनाइएको छ । मानुषीबाहेक यो फिल्ममा अनन्या पाण्डेको पनि लामो समयदेखि नाम आइरहेको छ ।

यही फिल्ममार्फत सारा अली खान र जाहन्वी कपूर बलिउडमा डेब्यु गर्ने तयारी गरिरहे पनि अहिले दुवैजना अलग अलग निर्देशकको फिल्मबाट डेब्यु गर्दैछन् । जाहन्वी शशांक खैतानको फिल्म ‘धडक’मा व्यस्त छिन् भन सारा, अभिषेक कपूरको फिल्म ‘केदारनाथ’ देखिँदैछिन् ।