अष्ट्रेलियामा यस्तो देखियो गोरी भर्सेस गोर्खे

काठमाडौं । पछिल्लो समयमा नेपाली समुदायको बाक्लो उपस्थिति हुँदै आएको अष्ट्रेलियामा नेपाली म्युजिक भिडियो बन्ने क्रम बढ्दै गएको छ ।  यही क्रममा नेपाल आइडलको उत्कृष्ट १० मा परेका सुरज थापा, सागर आले र राहुल विश्वासको स्वर रहेको ‘गोरी भर्सेस गोर्खे’ नामक गीतको भिडियो सार्वजनिक भएको छ । भिडियो अष्ट्रेलियाका विभिन्न मनोरम स्थानमा छायांकन गरिएको छ ।

टिका दाहालको संगीतमा तयार भएको गीतमा रमेश दाहालको शब्द छ । जीवन रसाइलीले निर्देशन गरेको भिडियोमा ब्रिजेट प्रोस, अजय तामाङ, सरोज थापा, शिव बस्नेत र नर्वदा थापाले फिचरिङ गरेका छन् । भिडियो एक्पोर्ट एजुकेसनले निर्माण गरेको हो । भिडियोमा जीवनकै छायांकन र सम्पादन छ ।