फिल्ममा पुनरागमन गर्दै सुस्मिता

मुम्बई(एजेन्सी) । सन् २०१० मा फिल्म ‘नो प्रोब्लम’मा आफ्नो अभिनयको क्षमता देखाएकी नायिका तथा पूर्व मिस युनिभर्स सुस्मिता सेन झण्डै आठ वर्षको विश्राम पछि पुन फिल्ममा फर्किने भएकी छन् । उनले आफूले विगत डेढ वर्षदेखि राम्रो कथा तथा पटकथा हेरिरहेको समेत खुलाएकी छन् ।

‘म आफ्नो जिन्दगीको ६ महिना एउटा फिल्मका लागि दिन तयार छु, तर मैले राम्रो पटकथा भेटेमा मात्र म बलिउडमा फर्किन्छु,’ उनले भनेकी छन् । सन् १९९४ की मिस युनिभर्स बनेकी सुस्मिताले उनको ठूलो महत्वकांक्षा स्टार बन्नु नभई आम मानिससँग जोडिनु रहेको दाबी गरिन् । उनले भगवानले आफूलाई अभिनेत्री बन्ने मौका दिएकोमा धन्यवाद पनि भनेकी छन् । उनले बीचको समयमा एक बंगाली फिल्ममा पनि काम गरेकी थिइन् ।