ट्रेन्डिङ एकमा सरोज र प्रियंकाको रोमान्स

काठमाडौं । पछिल्लो समयकी ब्यस्त नायिका प्रियंका कार्की र कार्टुन्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको एक गीत अहिले युट्युबको ट्रेन्डिङमा परेको छ । ‘माछीले खाने खोलीको लेउ’बोलको गीत नेपालको ट्रेन्डिङको नंबर १ मा परेको हो ।  दिनेश थपलियाको शब्द, बसन्त सापकोटाको संगीतमा तयार भएको गीतमा सरोज ओली र मेलिना राईले स्वर भरेका छन् । गीत उदयराज पौडेलको एरेन्जमा तयार भएको हो ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोलाई यो समाचार तयार पार्दासम्म ९ लाख ४४ हजार भन्दा धेरै पटक हेरिसकिएको छ । २४ हजार लाईक र १ हजार डिसलाईक रहेको गीतको भिडियोमा १८ सय ७५ ओटा सकारात्मक कमेन्टहरु रहेका छन् ।

शुभ मिडिया होमको प्रस्तुतीमा बनेको गीतको भिडियोलाई सुदीप बरालले खिचेका हुन् । ललितपुरको पाटन दरवार स्वायर र गोकर्ण रिसोर्टमा छायांकन गरिएको गीतको भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।