जलजलालाई सहयोग जुटाउँदै फेसबुक

काठमाडौं । दुवै मृगौलाले काम गर्न छाडेपछि त्रिभुवन शिक्षण अस्पतालमा उपचाररत गायिका जलजला परियारलाई संगीतकार सुनिल मास्केको संयोजकत्वमा १ लाख ३३ हजार ५ सय रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।संगीतकार मास्केले आफ्नो फेसबुकमार्फत् गायिका जलजला परियारको उपचारका लागि सहयोग जुटाउन अपिल गरेपछि गीत संगीतको क्षेत्रमा लागेका विभिन्न स्रष्टा सर्जकहरुबाट सहयोग रकम जम्मा भएको थियो । संगीतकार मास्केले १० हजार रुपैयाँ दिँदै सहयोगको सुरुवात गरेपछि गीतकार श्रवण जोशी, नूतन भुसाल, योगेन्द्रमणि दाहालले ५–५ हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । त्यस्तै हाम्रो मुस्ताङ एल्बमको तर्फबाट बादल थकालीले गीतकार विपिन किरणमार्फत ५ हजार दिएका थिए ।

त्यसैगरी संगीतकर्मी किशोर थापा, प्रदीप श्रेष्ठ, सरोज साह, दिलिप पिया, सन्जिव मैनाली, सन्जिब मास्के, अनुप मास्के, साजन साह, बिरेन्द्र श्रेष्ठले ३० हजार रकम जुटाएका थिए । त्यस्तै गायक रामकृष्ण ढकालले दश हजार, गायीका स्मिता दाहाल ५ हजार, गायक त्रिलोक राना ५ हजार, गीतकार खलानको मान्छे अशोक –हाल जर्मनी)बाट ५ हजार, रामलाल श्रेष्ठबाट ५ हजार, सागर श्रेष्ठ (यूएसए)बाट ५ हजार, ऐरेन्जर आमोस तामाङबाट १० हजार, ऐरेन्जर अमुल कार्की र एलिस कार्कीबाट १० हजार, संगीतकार सचिन सिंहबाट ५ हजार, ओमराज लामाबाट १२ हजार ५ सय रकम जम्मा भएको छ ।  अनुप मास्के, अनिल अर्याल, कमल नारायण श्रेष्ठ, कुशल श्रेष्ठ, अमृत भण्डारी, शैलेश श्रेष्ठ, रुपेश मास्के, वीरेन्द्र श्रेष्ठ, उज्ज्वल खड्का, सोनाम बाग्दी लामा, रिसच वन्त, बद्री पाण्डबाट दश हजार रुपैयाँ गरी १ लाख ३३ हजार ५ सय रुपैयाँ जम्मा भएको रकम जलजलाका बुबा नारायण बहादुर दर्जीको हातमा हस्तान्तरण गरिएको थियो ।

त्यस्तै गायिका माण्डवी त्रिपाठीले ५ हजार रकम सहयोग गरेकी छन् भने गायक राजेशपायल राईको संयोजकत्वमा जम्मा भएको ३ लाख ८४ हजार रकम ८ सय ६० रुपैयाँ पनि हस्तान्तरण गरिएको थियो । केही समयअगाडि मात्रै ६८ हजार ६ सय २५ रुपैयाँ पनि संकलित रकम हस्तान्तरण गरिएको थियो । त्यसैगरी कलाकार केदार घिमिरे (माग्ने बुढा)ले पनि ५० हजार सहयोग गरेका छन् भने गायिका सुनिता दुलाले २० हजार सहयोग गरेकी हुन् ।  त्यसैगरी नेपाल आइडलका प्रतियोगी सागर आलेले ५० हजार सहयोग गरेका छन् भने भद्रगोल टीमले ४० हजार सहयोग गरेका छन् । नेपाली तारा सिजन –३ मा उत्कृष्ट ६ बाट बाहिरिएकी गायिका जलजला परियार पछिल्लो समय शास्त्रीय संगीतको अध्ययन गरिरहेकी थिइन् ।