फेवातालमा रोमान्टिक प्रनिल र रश्मी

काठमाडौं । गायक प्रनिल तामाङले नयाँ गीत बजारमा ल्याएका छन् । ‘फेवा तालैमा’ बोलको लोकपप गीतमा उनकै शब्द र संगीत रहेको छ । गीतमा म्युजिक एरेन्ज आशीष सुनुवारको छ । पोखराको फेवाताल र साराङकोटमा खिचिएको गीतको भिडियोमा मोडल रश्मि तामाङसँग प्रनिल र रोज गुरुङले रोमान्स गरेका छन् ।

रविन थापाले निर्देशन गरेको गीतको भिडियो छायांकन सुरेश श्रेष्ठ र सम्पादन सुजन शाहीले गरेका छन् । ‘गीतमा निकै मिहनेत गरेको छु, आशा छ दर्शकले रुचाइदिनुहुनेछ,’ गायक तामाङले भने ।