रेखाको भ्यालेन्टाइन गीतमा जापानमा रोमान्स

काठमाडौं । भ्यालेन्टाइन आउन झण्डै डेढ साता बाँकी रहँदा भ्यालेन्टाइन सम्बन्धी गीतहरु सार्वजनिक हुने क्रम बढेको छ । यही क्रममा संगीतकार तथा गायिका रेखा पौडेलको स्वरमा रहेको ‘तिमी मेरो भ्यालेन्टाइन हुनु’ बोलको गीतको भिडियो युट्युव मार्फत सार्वजनिक गरिएको छ ।

युवा गजलकार सुजन ‘अनिमेष’ अधिकारीको शब्द रहेको यस गीतलाई रेखा सगै धिरज भन्डारीले पनि आवाज दिएका छन् ।’प्रेमिल गिटार’ एल्बममा समाबेश यस गीतमा रेखा पौडेलको संगीत तथा सन्तोष प्रगाढको एरेन्ज रहेको छ ।

जापानको निकै रमणीय स्थालमा छायांकन गरिएको यस भिडियोमा मोडल मुना सिटौला र शिवराज भट्टराईको अभिनय रहेको छ । जापानमा नै बसेर मोडल क्षेत्रमा लागेकी मुना सिटौलाले यसै भिडियो मार्फत अभिनयको यात्रा सुरु गरेकी हुन् । भिडियोलाई जापानमा नै बसेका निर्देशक रोशन कार्कीले निर्देशन गरेका हुन् । कार्कीको नै छायांकन रहेको यस भिडियोलाई प्रेम बलम्पाकीले सम्पादन गरेका हुन् ।