इजिप्टको सौन्दर्य प्रतियोगितामा नेपालकी मौनता

काठमाडौं । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०१८’मा नेपालको प्रतिनिधित्व मौनता लामाले गर्ने भएकी छन् । मिस इकोका लागि आधिकारिक प्राप्त संस्था ग्रिन आर्ट मिडियाले बिहिबार राजधानीमा एक कार्यक्रम गर्दै प्रतियोगी सार्वजनिक गरेको हो । कार्यक्रममा मिडियाले लामालाई ‘मिस इको इन्टरनेशनल नेपाल २०१८’को क्राउनसमेत लगाइ दिएको छ । गत बर्षकी मिस इको इन्टरनेशनल बिजेता रोनाली अमात्यले उनलाई ताज लगाइ दिइन् ।

लाइन्स क्लबअफ काडमाडौका पुर्व अध्यक्ष तथा रोयल इम्पायर होटल बालुवाटारका प्रमुख प्रकाससिंह कार्की, कुटुम्ब ब्याण्डका सदस्य राजु महर्जन, गायक तथा र्यापर निणर्य श्रेष्ठ, मिस हेरिटेज नेपाल २०१६ की बिजेता तथा फेसन डिजाइनर मञ्जु बन्जारा ढकाल, मिस युनिभर्समा नेपालको पहिलो सहभागी नग्मा श्रेष्ठलगायत निर्णायक प्यानलमा रहेका थिए ।

अप्रिल १ देखि १५सम्म इजिप्टमा आयोजना हुने प्रतियोगितामा लामाले ८० राष्ट्रका सुन्दरीहरुसँग प्रतिस्पर्धा गर्नेछिन् । लामा नेपालको चौथो सहभागी हुन् । यस अगाडि यो प्रतियोगीता प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ र गतबर्ष रोनाली अमात्यले सहभागीता जनाएका थिए । कपन निवासी १८ बर्षीय लामा साइन्स बिषय लिएर प्लस टु अध्यायनरत छिन् । प्रयर्टन र सुन्दरता सम्बन्धी प्रतियोगीताको बिभिन्न प्रारम्भिक चरणको छनौट पछि उनले ताज पहिरिन सफल भएकी हुन् ।