‘सेकेण्ड वाइफ’ बनेका नायिकाहरु

मुम्बई(एजेन्सी) । बलिउडमा विवाह एउटा मसला नै बनेको छ । कहिले ढिलो उमेरमा विवाह गर्ने नायिका हुन् या आफू भन्दा अधिक उमेरका पुरुषसँग विवाह गर्ने नायिका हुन्, सबै विवाहको मामलामा चर्चित नै छन् । तर यो बीचमा यसता केही नायिका पनि छन् जो सेकेण्ड वाइफ अर्थात दोस्रो श्रीमति बनेर पनि चर्चामा आएका छन् । यसमा बलिउडका टप नायिका छन् ।

बलिउड नायिका करिना कपुरको नाम एकताका अभिनेता साहिद कपुरसँग निकै जोडिएको थियो । दुवैले आफूबीचको सम्बन्धलाई सार्वजनिक रुपमा स्वीकारेका पनि थिए । तर बीचमा उनीहरुको सम्बन्ध बिग्रिएपछि करिना सैफअली खानसँग नजिकिइन् । सन् २०१२ मा दुवैले विवाह गरे । करिना भन्दा अघि सैफले सन् १९९१ मा अमृत सिंहसँग विवाह गरेका थिए । अमृता उमेरमा सैफ भन्दा अग्रज थिइन् । त्यसैकारण १३ वर्षसम्म चलेको उनीहरुको वैवाहिक सम्बन्धले पूर्णविराम लियो ।

उनीहरुको सारा र इब्राहिम सन्तान छन् । यूपी बिहारकी शिल्पा सेठ्ठीको नाम अक्षय कुमार र फिल्म निर्देशक अनुभव सिन्हासँग जोडिएको थियो । तर उनले व्यापारी राज कुन्द्रासँग विवाह गरिन् । राजको शिल्पासँग दोस्रो विवाह हो । राजको पहिलो पत्नी कविता थिइन् । शिल्पा र राजको भेट कविता र राजको सम्बन्धविच्छेद अघि नै भएको थियो ।

अर्की नायिका विद्या वालन यूटीवी स्टूडियोजका सिइओ सिद्धार्थ रोय कपूरकी तेस्रो श्रीमति हुन् । सिद्धार्थकी पहिलो पत्नी उनको बाल्यकालका साथी थिइन् । उनको दोस्रो पत्नी एक टीवी प्रोड्यूसर थिइन् । तर २००८ मा दुवैजना अलग भएर २०११ मा सम्बन्धविच्छेदको निर्णय गरेपछि २०१४ मा उनले विद्यासँग विवाह गरेका हुन् । नायिका लारा दत्ताले एक विवाहको खराब अनुभव लिइसकेका महेश भूपतिसँग विवाह गरेकी हुन् । लारा अघि महेशले मोडल श्वेता जयशंकरसँग् विवाह गरेका थिए । तर सात वर्ष पछि उनीसँग अलग्गिएपछि लारालाई २०११ मा दोस्रो श्रीमति बनाए । अर्की नायिका रानी मुखर्जीले आदित्य चोपडासँग सुटुक्क विवाह गरेकी हुन् । इटलीमा गरिएको यो विवाह बारे सबै गुमनाम थिए ।