जलजलालाई रापती समाज अष्ट्रेलियाबाट ५१ हजार

काठमाडौं । दुवै मृगौला खराब भई महारागञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत गायिका जलजला परियारको उपचारका लागि रापती समाज अष्ट्रेलियाले ५१ हजार २ सय ५० सहयोग गरेको छ । समाजका अध्यक्ष नरेश रेग्मीसहितका पदाधिकारीले संकलन गरेको रकम शुक्रबार जलजलाका परिवारलाई हस्तान्तरण गरिएको हो । संवैधानिक कानुनका ज्ञाता गायक तथा संगीतकार डा भिमार्जुन आचार्य, गायक तथा संगीतकार प्रकार रेग्मी र गीतकार एवं पत्रकार लोकराज अधिकारी शिक्षण अस्पताल पुगेर उक्त सहयोग रकम हस्तान्तरण गरेका छन् ।

डा. आचार्यले रापती समाज अष्ट्रेलियाले गरेको कार्यको प्रशंसा गर्दै यस प्रकारको मानवीय सेवामा जुटने समाजका सबै सदस्यलाई धन्यवाद दिए । गायक तथा संगीतकार प्रकाश रेग्मी र गीतकार एवं पत्रकार लोकराज अधिकारीले जलजलाको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै अन्य सहयोगी हात अगाडि बढाउन आग्रह गरेका छन ।

नेपाली तारा सिजन –३ मा उत्कृष्ट ६ बाट बाहिरिएकी गायिका जलजला परियार पछिल्लो समय शास्त्रीय संगीतको अध्ययन गरिरहेकी थिइन् । दुवै मृगौलाले काम गर्न छाडेपछि त्रिभुवन शिक्षण अस्पतालमा उपचारार्थ रहेकी गायिका जलजलालाई सहयोग रकम जुटनेक्रम जारी छ । रापती समाज अष्ट्रेलियाले स्थापना संगै मानविय सेवा साथै बिबिध गतिबिधि गर्दै आएको छ । निकट भविश्यमै समाजले अष्ट्रलियामै अन्तराष्ट्रिय रापती म्यूजिक अवार्ड पनि गर्दै छ ।