एकअर्काको नाम सोध्दै प्रमोद–अञ्जली

काठमाडौं । गायक प्रमोद कोइराला र गायिका अञ्जली सुनामको स्वरमा रहेको ‘के हो तिम्रो नाँउ’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायक प्रमोदकै शब्द तथा संगीत । शैलेन्द्र प्रधान ‘बाबु’ को एरेन्ज रहेको गीतमा मोडल नयन र पुनमले फिचरिङ गरेका छन् ।

केदार धितालले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायांकन छ । निशान घिमिरेको सम्पादन रहेको शोभा श्रेष्ठको मेकअप छ । छायाँकार दाहाल र निर्देशक धितालले लोकेसन तथा फ्रेमिङमा निकै मिहिनेत गरेका छन् ।

त्यस्तै मोडलहरुको भेषभुषमा समेत निकै ध्यान दिएको देखिन्छ । मनमोहक दृश्यमा कलाकारहरुको अभिनय पनि अब्बल रहेको देखिन्छ ।