अवतारको सिरिज निरन्तर

लसएन्जल्स(एजेन्सी) । हलिउड मेगा फिल्म ‘अवतार’को सिरिज हेर्न चाहने दर्शकका लागि एउटा खुशीको खबर छ । जेम्स क्यामरुनको निर्देशनमा बनेको यो फिल्मको दोस्रो भाग चाँडै नै दर्शकमाझ आउँदैछ । फिल्मका निर्देशक क्यामरुनले टर्मिनेटर’ फेम हलिउड अभिनेता आर्नोल्ड श्वार्जनेगरसँगको एक भिडियो च्याटमा यो कुराको जानकारी दिएका हुन् ।

भिडियो च्याटमा जेम्सले फिल्म ‘अवतार २’को सिक्वेल पुरा भएको मात्र कुरा गरेनन्, फिल्म ‘अवतार ३’ को पनि ९५ प्रतिशत छायांकन सकिएको जानकारी दिए । निर्देशकको यो कुरा त्यो समयमा आएको छ, जुन केही महिना अघि डिज्नीले ‘अवतार’को सिक्वेल एक वर्षका लागि सारेको घोषणा गरेको थियो । यो घोषणा अनुसार ‘अवतार २’लाई २०२२ को डिसेम्बर १६ मा रिलिज गरिनेछ । जबकी ‘अवतार ३’ २०२४ डिसेम्बर २० को लागि बुक गरिएको छ । त्यस्तै ‘अवतार ४’ र ‘अवतार ५’ क्रमानुसार २०२६ को डिसेम्बर १८ र २०२८ को डिसेम्बर २२ मा रिलिज हुनेछ ।

‘अब यसको मतलब यो होइन कि मसँग फिल्म सक्नका लागि अर्को एक समय छ । किनकी जुन दिन हामी ‘अवतार २’ का काम सक्नेछौं, त्यसपछि ‘अवतार ३’मा व्यस्त हुनेछौं । त्यहीकारण जहाँ हामी अहिले छौं, म अहिले न्यूजील्याण्डमा सुटिङ गरिरहेको छु । हामी लाइभ–एक्सनको बचेको भागको सुटिङ गरिरहेका छौं । हामीले अब १० प्रतिशत मात्र छायांकन गर्नुपर्नेछ । हामीले अवतार २ को सतप्रतिशत काम पुरा गरिसकेका छौं । जबकी अवतार ३ को करिब ९५ प्रतिशत काम पुरा भइसकेको छ’, उनले भनेका छन् । ‘अवतार’ फ्रेन्चाइजी विश्वकै सबैभन्दा महंगो फिल्म हो । यो फिल्म सिरिजको लागत ७५ सय करोड रुपैंयाँ छ ।