सरेको सर्यै जेम्स बोण्ड सिरिज

लसएन्जल्स(एजेन्सी) । कोरोना महामारीकालमा यदि कुनै फिल्म बढी प्रभावित छ भने त्यो निश्चय नै फिल्म ‘नो टाइम टु डाइ’ नै हो । यो फिल्मको रिलिज मिति पुनः एकपटक सरेको छ । जेम्स बोण्डको फ्यानले यो फिल्म हेर्न आगामी वर्षसम्म पर्खनुपर्ने छ ।

जेम्स बोण्डको आधिकारिक ट्वीटर एकाउण्टमार्फत यो कुराको जानकारी दिएको हो । फिल्मका निर्माताले जेम्स बोण्ड सिरिजको २५ औं फिल्म ‘नो टाइम टु डाई’को रिलिज २०२१ अप्रिल २ मा पुर्याइएको जानकारी दिएका हुन् ।

यो फिल्म सन् २०२० को अप्रिलमा रिलिजको तयारीमा थियो । तर यही समयमा कोरोना भाइरस संक्रमणको दर तिब्र भइदियो । विस्तारै विस्तारै कोरोनाको कहर कम हुँदै गएको र थिएटर खुल्न थालेपछि रिलिजको नयाँ मिति सार्वजनिक गरियो । यो फिल्म ब्रिटेनमा नोभेम्बर १२ मा रिलिज हुँदैछ । यसबाहेक अमेरिकामा नोभेम्बर २० तारिखमा रिलिज हुनेछ ।

यो फिल्म डेनियल क्रेगका फ्यानका लागि विशेष छ । यो फिल्म क्रेगका लागि जेम्स बोण्ड फ्रेन्चाइजीको अन्तिम फिल्म हो । डेनियलले सन् २००६ मा फिल्म ‘क्यासिनो रोयल’बाट बोण्ड सिरिजमा प्रवेश गरेका थिए । त्यसपछि उनी निरन्तर जेम्स बोण्ड बनिरहे ।