कुशलले नाँच्दा रमाए हेटौडाका दर्शक

काठमाडौं । फिल्मको प्रचारका लागि स्ट्रिट कन्सर्टमा व्यस्त फिल्म ‘ह्याप्पी न्यू इयर’को फिल्म युनिटलाई हेटौडाका दर्शकले साथ दिएका छन् । हेटौडाको खासा बजारबाट पहिलो कन्सर्ट शुरु गरेको फिल्म युनिटको कन्सर्ट हेर्न दर्शकको उल्लेख्य उपस्थिति थियो ।

फिल्मका नायक तथा निर्माता कुशल थापाले दर्शकमाझ नृत्य गर्दा दर्शकले हुटिङ र तालीले साथ दिएका थिए । फिल्मको शीर्ष गीतमा शब्द र संगीत दिएका संगीतकार तथा गायक विनोद ढकालले फिल्मको गीतसँगै आफ्ना चर्चित डान्सिङ नम्बर सुनाउँदा हेटौडाका युवा बढी जोसिए । कार्यक्रममा मोडल सोनिका रोकायाको आइटम नृत्य अर्को आकर्षण बन्यो ।
‘हेलो डियर, ह्याप्पी न्यू इयर’ भन्ने नारासहित मोफसल यात्रामा रहेको फिल्म युनिट नारायणघाट, बुटवल, पोखरा हुँदै १० गते काठमाडौं फर्किनेछ । पौष १४ गतेदेखि रिलिज हुने फिल्ममा देवकुमार श्रेष्ठको निर्देशन छ ।

रति श्रेष्ठ थापाको निर्माण रहेको फिल्ममा कुशल थापा, सन्ध्या केसी र पुकार गौतम प मुख भूमिकामा छन् । अष्ट्रेलियामा छायांकन गरिएको फिल्म प्रति दर्शकको प्रतिक्रिया राम्रँे हुने आशामा फिल्म युनिट छन् ।