सत्यराजले एउटै फिल्ममा खाए २५ हजारको पान !

काठमाडौं । गायक तथा अभिनेता सत्यराज आचार्यको डबिङसँगै फिल्म ‘हैरान’ को डबिङ सकिएको छ । आचार्यको डबिङ गरेपछि निर्माण टीम अब अन्य प्राविधिक कार्यमा जुटेको छ । विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भएको फिल्म कमेडी जनरामा निर्माण गरिएको छ ।

कलाकार सत्यराजले हैरान बनाउन आफूहरु पनि हैरान नै भएको बताए । ‘हैरान राम्रो बनाउन हामी पनि हैरान नभएका हैनौ किनकी मैले झन्डै २५ हजारको पान नै खाएछु । मेरो क्यारेक्टर अनुसार नै पान पनि खाएको हु र डबिङ गर्दा पनि यसलाई ध्यान दिएको छु,’उनले डबिङपछि भने,‘मैले गरेका अभिनयमा आफैलाई मन परेको एक क्यारेक्टर हैरानको पनि हो । फिल्ममा हामीले जति काम गरेका छौ भन्ने सोचेका थियौ । डबिङमा त्यो भन्दा पनि राम्रो पाएँ ।’

कलाकार तथा निर्माता गजितले फिल्म राम्रो बनाउन कुनै कसर बाकी नराखेको बताए । ‘एक साधारण व्यक्तिले दिनचर्या बिताउने क्रममा भोग्ने हैरानीलाई नै यसमा उतार्ने प्रयास गरेका छौ । फिल्मले दर्शकलाई सन्देश त दिन्छ नै साथै भरपुर मनोरंजन पनि दिन्छ ।’ उनले भने ।

डेब्यु फिल्म ‘लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए । यिनै सौगात दोस्रो फिल्म लियर आउने तयारी गरिरहेका छन् । अघिल्लो फिल्ममा बाबु छोरी बीचको प्रेमलाई देखाइएको थियो भने यसपटक सामाजिक विषयवस्तुलाई समेटिएको निर्माण पक्षले जनाएको छ ।
फिल्ममा सत्यसंगै गजित विष्ट, मोहमद वसिम राजा, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई र आरोही शर्मा लगायतको अभिनय छ । डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री छिन् ।

फिल्ममा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कडेल, राजन इशान र सन्तोष श्रेष्ठको छ । फिल्ममा नवराज उप्रेती र निरज कडेलको छायाँकन र प्रितम पाण्डेको सम्पादन छ ।